काठमाडौं, १८ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् ।
अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली रहनेछ ।
आज बिहान ९ बजे सल्लाघारीबाट सडक अनुगमनमा निस्किने बताइएको छ । मन्त्री बने यता मन्त्री श्रेष्ठले सडक अनुगमनलाई तिब्रता दिँदै आउनुभएको छ ।