आज शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार, सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आज शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

काठमाडौं, ९ फागुन । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।

शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २–३ दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ । घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ ।

परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री प¥यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);