नेपाल भारत विद्युत् सम्झौता नवीकरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

नेपाल भारत विद्युत् सम्झौता नवीकरण

काठमाडौँ, पुस १३ । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच आज भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो । आज बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेका छन । नयाँ दिल्लीबाट रासससँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए ।

सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ ।

भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताएका  छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);