कस्तो रहला आज दिनभरको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कस्तो रहला आज दिनभरको मौसम !

काठमाडौं, ४ पुस । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागको अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हल्का वर्षा हुनेछ । बाँकी स्थानमा मौसम सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य वर्षा हुनेछ र अन्य भू–भागमा मौसम सफा रहनेविभागले जनाएको छ ।
विभागको अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);