युरोकाे भाउ उकालाे, यस्तो छ विदेशी मुद्राकाे विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

युरोकाे भाउ उकालाे, यस्तो छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राकाे विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ। बुधबार भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ५६ पैसाले ओरालोे छ।

युरोपियन युरोमा १ रुपैयाँ ७ पैसाले उकालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्री दर १४० रुपैयाँ ९३ पैसा तोकिएको छ। अघिल्लो दिन भने यसको  खरिद दर १३९ रुपैयाँ २३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर १ रुपैयाँ १२ पैसाले उकालो लागेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलरमा पनि ७९ पैसाले वृद्धि भई एकको खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २१ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा कायम रहेको छ। बुधबार कतारी रियाल खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। यता, मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९८ पैसा र बिक्री दर ३० रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);