प्रदेश सभातर्फ पनि कांग्रेस अघि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

प्रदेश सभातर्फ पनि कांग्रेस अघि

काठमाडौं। पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ। हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ। जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ। यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ। १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ ।  जसपा र लोसपाले नौ नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ। यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ।
प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला कांग्रेसले ४१ सिट मात्रै ल्याएको थियो ।

Leave a Reply