बैतडी। एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएका छन् । कमिटीको सहसचिवमा कलावती लावड र सृष्टि ठगुन्ना चयन भएका छन् । अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको महासंघका केन्द्रीय सदस्य रामप्रसाद अवस्थीले बताए । अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित थिए । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ बैतडीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीतमार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन् ।
कला भए पनि अवसर नपाएका मान्छेलाई समाजमा माथि उठाउन नसकेकै कारण उनीहरूको जीवनस्तर माथि नउठेको उनले बताए । भण्डारी बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।