काठमाडौं ७ मा कांग्रेसबाट गुरागाईको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

काठमाडौं ७ मा कांग्रेसबाट गुरागाईको नाम सिफारिस

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनकाे लागि काठमाडौं ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ। कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईसहित डा. रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ। गुरागाईकाे पुर्ख्यौली घर नुवाकाेट हाे। यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ। माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयालको दाबेदारी रहेको छ। यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);