दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

काठमाडौ। दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।  एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ।

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछी तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो ।  तर, दुबै बैठक स्थगित भएका थिए । गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि  स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका बिषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो।

बैठक एजेन्डामा बिबादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी ( सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष)  नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);