राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो

माले। देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ।

एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ । राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।

त्यसपछि राजापाक्षेले माल्दिभ्स प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । माल्दिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए ।

Leave a Reply