हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ  | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ 

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);