यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन : नेकपा एस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन : नेकपा एस

काठमाडौं। नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा जान नसकिने जनाएको छ । नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एसीसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ ।

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए । 

यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);