११ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले आपूर्ति र अर्थ मन्त्रालय सहित आयल निगमका पदाधिकारीहरलाई सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बोलाएर ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्यास सहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । उहाँले पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि जानकारी समेत दिनुभयो । प्रधानमन्त्री दाहालले अमलेखगञ्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन समेत निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।