पुतली बगैँचामा किन बनेन संसद भवन ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

संघीय संसद्को आफ्नै भवन बनाउने भने पनि सचिवालयले पर्याप्त चासो नदिँदा भवन निर्माणकार्य रोकिएको छ। सिंहदरबारभित्रै संसद् भवन बनाउने निर्णय गरेर सरकारले पुतली बगैँचामा जग्गा छु्ट्याए पनि निर्माण हुन नसकेको हो। सिंहदरबारबाहिर भवन बनाउने गरी जग्गा खोज्नेक्रममा सचिवालय रहेको छ।

सिंहदरबारबाहिर सचिवालयले संसद् भवन बनाउने सोच बनाएकाले आफूहरूले त्यसतर्फ ध्यान नदिएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रमुख रामप्रसाद बेल्वासेले बताए । सचिवालयले सिंहदरबारभित्रै भवन निर्माण गर्न चाहे आफूहरूले आवश्यक सहयोग गर्ने उनको भनाइ छ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो। तर, राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन सिंहदरबारबाहिरै बनाउनुपर्ने आवाज उठेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);