प्रधानमन्त्री ओलीद्वारा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

प्रधानमन्त्री ओलीद्वारा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण (फोटो फिचर)

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित सहिद स्मारकमा पुगेर सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सहिद दिवसको अवसर परेर प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित सहिद स्मारकमा आयोजित विशेष कार्यक्रमकाबीच सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरुले बलिदानको त्यागको श्रेष्ठता देखाउनुभएको र त्यो अतुलनिय भएको बताउनुभयो । सहिदका योदानसँग बाँचेका मानिसहरुको कुनैपनि योगदान तुलाना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । अहिले जुन उपलब्धी, सफलता र उचाई प्राप्त भएको छ ती सबै कुराको पछाडी सहिदको बलिदानले काम गरेको पनि उहाँको भनाई छ ।

सहिदहरु सबैका साझा भएकोले सहिदको बलिदानबाट प्राप्त भएका उपलब्धीहरु समेत सबैको साझा भएको बताउनुभयो । सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताउनुभयो ।


सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई शुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौर स्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विभिन्न मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply