नेकपा अध्यक्ष दाहाल र चीनियाँ राजदुतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

नेकपा अध्यक्ष दाहाल र चीनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौं, ८ मंसिर । सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चीनकी राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसंग भेट गर्नुभएको छ ।

सोमबार राजदुत यान्छीले ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेर भेट गर्नुभएको हो । दाहालसँगको भेटमा चीनका राष्ट्रपति सी जिनपिङको पुस्तक हस्तान्तरण, चाडबाडको शुभकामना आदान–प्रदान भएको बताइएको छ ।

त्यसैगरी दाहाल र यान्छीबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो आयामबारे सामान्य छलफल भएको जनाइएको छ । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउँदै आउनुभएको छ ।

यान्छीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);