विश्व

अमेरिकी राष्ट्रपतिको चुनावी अभियान साइबर आक्रमणको निसानामा परेको खुलासा

एजेन्सी,२६ भदाै। सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले अमेरिकी राष्ट्रपतिको चुनावी अभियान साइबर आक्रमणको निसानामा परेको खुलासा गरेको छ ।माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँका का प्रतिस्पर्धी डेमोक्य्राटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान अभियान साइबर आक्रमणको निसानामा परेको माइक्रोसफ्टको दावी छ ।अमेरिकी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै माइक्रोसफ्टले पुष्टि गरेको प्रतिक्रिया दिनुभएको छ ।

माइक्रोसफ्टले स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका दुईसय भन्दा बढी संगठनहरूलाई लक्षित गरेको बताएको छ ।

चिनियाँ ह्याकरहरूले बाइडनको तथा इरानका ह्याकरहरूले ट्रम्पको चुनावी अभियानलाई लक्षित गरेको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिकको चुनावी अभियानको तथ्यांक अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको फेरी जनाएको छ ।

Related Post
Share
Tags: america

This website uses cookies.