मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार मुद्दामा दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार मुद्दामा दोषी ठहर

एजेन्सी, १३ साउन । मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको मंगलबार घोषणा गरेका हुन् । मंगलवारका फैसलाहरू सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरूमा झन्डै एक करोड अमेरिकी डलर सारेको विषयसँग सम्बन्धित छन् । क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले रजाकले सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए । तर सन् २०१५ को शुरुमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि उक्त परियोजनामाथि प्रश्न उठेको थियो ।

नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए । दुई वर्षअघि उनलाई देश छोड्न बन्देज लगाइएको थियो । प्रहरीले रजाकका विभिन्न केन्द्रहरुमा छापा मार्दा २७ करोड अमेरिकी डलर मूल्य बराबरका विलासिताका सामग्री र नगद भेटेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);