समाचार | Page 293 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

समाचार

अझै जनअपेक्षाका धेरै काम गर्न बाँकी छ,सभापति देउवा

२०८१,१२,४

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन्।
‘रासस फोटो किताब गणतन्त्रका १६ वर्ष’ पुस्तक ग्रहण गर्दै सभापति देउवाले सो कुरा बताएका हुन्।उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरेका छन।

सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरेका छन।

भ्रष्टाचारीको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरौँः जनार्दन शर्मा

२०८१,१२,४

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताएका छन।

उनले भ्रष्टाचारमा संलग्न भएका राजनीतिक नेतृत्वको सम्पति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए। संवैधानिक आयोगहरूले गर्ने काम कारबाही पारदर्शी हुनुपर्ने उनको भनाइ छ। उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने शासन प्रणाली र संस्कारको आवश्यक भएको बताए। कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

सुनको भाउ आज पनि स्थिर, चाँदीको घट्यो

२०८१,१२,४

आज पनि सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो जस्तै तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ रहेको थियो ।

राजनीतिक दल कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न सकेनन्, उर्मिला अर्याल

२०८१,१२,४

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसक्दा जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताएकी हुन्।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको उनले बताइन्। उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहेको बताएकी छन। उनले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आह्वान गरेकी हुुन ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनै पनि हिसाबले हुन नसक्ने समेत उल्लेख ग्रेकी छन ।

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौंः सांसद ज्वाला

२०८१,१२,४

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरित भएको बताएका हुन्।

संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ।

सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने परिक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नुभएको बताए। उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखे। उनले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताएका छन । उनले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताए।

वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो ः प्रमुख सचेतक शाही

चैत्र ३, आइतबार,

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठूला बडाहरुलाई मिलेर खान चाहिएको टिप्पणी गर्नुभएको छ ।आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रत्येक वर्ष कर्मचारी, नेता र सांसद पाल्दापाल्दैमा एक वर्षमा १५ खर्ब रुपैयाँ खर्च हुने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेको नभई सीमित सांसदहरूले चुनेको बताउनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्न चुनौति समेत दिनुभयो । उहाँले गणतन्त्र स्थापनापछि मुलुकमा १४ पटक सरकार परिवर्तन हुँदा ३१ मुख्यमन्त्री भएको उल्लेख गर्नुभयो । उहाँले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

११ वटा क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अवरुद्ध

२०८१,१२,२

विश्वविद्यालय ९त्रिवि० अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो ।

काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देशनालयले जनाएको छ ।

चुनावी प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा चुनाव गर्न त्रिविले निर्देशन दिएको छ ।

आउँदो ५ गते हुने स्ववियु चुनावको प्रचारप्रसारका लागि आज राति १२ बजेसम्मका लागि समय तोकिएको छ ।

विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै, उपभोक्ता अदालतको आज उद्घाटन

२०८१,१२,२

आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । संविधानकै धारा ५१ मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार, सुरक्षित हुने अधिकार, गलत व्यापारिक क्रियाकलापविरुद्ध कारबाही गराउन पाउने अधिकार, हानिविरुद्ध क्षतिपूर्ति पाउने तथा सुनुवाइ हुने अधिकारको प्रत्याभूति गरिएको छ ।संविधान र कानुनमा स्पष्ट व्यवस्था भए पनि कार्यान्वयनमा समस्या छ । उपभोक्ताहरु अस्पताल, शिक्षण संस्था, सञ्चार, यातायत, विद्युत खानेपानी, बैंक तथा वित्तीय संस्था, खाद्यान्नलगायतमा वस्तु वा सेवा लिने क्रममा ठगिने गरेका छन् । बजारमा बिक्रीमा राखिएका हरेक वस्तु वा सेवामा अनिवार्य गुणस्तरको मानक तोकिनुपर्ने, लेबल नभएका वस्तु बजारमा बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था छ ।

पालिकाका उपमेयर वा उपाध्यक्षको अध्यक्षतामा उपभोक्ता हित संरक्षण समितिले स्थानीय बजार व्यवस्थापन गर्ने, बजार अनुगमन गर्ने र उपभोक्ता सचेतना गर्ने गराउने दायित्व तोकिएको छ ।

सातवटै प्रदेश सरकारलाई पनि वस्तु तथा सेवा बजार व्यवस्थापन र उपभोक्ता सशक्तीकरण गर्ने दायित्वसमेत तोकिएको छ ।

 

युरोपेली वाइन र मदिराजन्य उत्पादनमा दुई सय प्रतिशतसम्म कर लगाउने अमेरिकाको चेतावनी

चैत १ शुक्रबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ ईयूबाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । अमेरिकी उत्पादनमा ईयूले लगाएको करको बदलामा ट्रम्पको चेतावनी आएको हो ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपको रक्सीजन्य उत्पादन आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ईयूले कर वृद्धि तत्काल नहटाए अमेरिकाले चाँडै नै फ्रान्स र अन्य प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै रक्सिजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र व्यापार साझेदार देशहरुमा समेत व्यापार युद्ध शुरू गर्नुभएको विश्लेषकहरुले बताउँदै आएका छन् ।व्यापार र अन्य नीतिगत मुद्दाहरूमा विभिन्न देशहरूलाई दबाब दिने उपायका रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ ।

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

चैत १ शुक्रबार ।
हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही हप्तायता विभिन्न ठाउँमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढिरहेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ ।

जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक १५ जनाभन्दा धेरै बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् ।१५ शय्या क्षमताको अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती थपिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताए । उनका अनुसार अस्पतालमा आउने धेरै बिरामी गम्भीर अवस्थाका छन् ।
डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा. रामबाबु जोशीले बताए ।

स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।

रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न कन्सल्टेन्सीलाई मन्त्रालयको निर्देशन

चैत १ शुक्रबार ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई वैदेशिक शैक्षिक सेवा उपलब्ध गराउँदा फ्रि भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसाको प्रलोभनमा नपार्न सचेत गराएको छ।शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा र तयारी कक्षा सञ्चालनको लागि स्वीकृति प्राप्त गरेका संस्थाहरूको नवीकरणको काम भइरहेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले अनुमति नलिइ शैक्षिक मेला, भेला तथा प्रदर्शनीलगायतका कार्यहरू नगर्न चेतावनी पनि दिएको छ ।अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी अध्ययनका लागि सिफारिश नगर्न पनि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई भनेको छ ।

मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूलाई वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्श लिने आग्रह गरेको छ ।अध्ययन गर्न चाहेको शिक्षण संस्थाले उपलब्ध गराउने उपाधि, तह र अवधिको समकक्षता तथा वैधानिकताबारे जानकारी लिन मन्त्रालयको आग्रह छ ।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा चार हजारले बढ्यो

चैत १ शुक्रबार ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो कारोबार भएको दिन बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो ।बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन ।यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

सुनको भाउमा नयाँ कीर्तिमान स् तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुग्यो। यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो ।

सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह

फागुन २९ बिहिबार ।
उपग्रहको संख्यामा बृहस्पतिले अब शनिलाई उछिन्छ भन्ने आफूले नसोचेको पनि उनले बताए । २०२४ फेब्रुअरी ५ सम्म बृहस्पतिलाई परिक्रमा गर्ने उपग्रहको संख्या ९५ थिए ।

शनिलाई परिक्रमा गर्नेको संख्या यही हप्ता इन्टरनेसनल एस्ट्रोनोमिक युनियनले औपचारिक रूपमा पुष्टि गरेको हो । शनिलाई घुम्ने १२८ वटै नयाँ उपग्रह ‘अनियमित चन्द्रमा’ भएको र आलुको आकारमा यी वस्तुहरू केही किमीको दूरीमा भएको बताइएको छ ।

ग्रहलाई घुम्ने वस्तुको संख्यामा भइरहेको यो वृद्धिले भविष्यमा केलाई उपग्रह मान्ने भनेर बहस र विवाद चर्काउने निश्चित प्रायः छ ।

युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने अमेरिकाको घोषणा

फागुन २९ बिहिबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन। युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन ।ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

उनले यसै महिनाको शुरूवातमा घोषण गरेको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो । यसैको विरुद्धमा अमेरिकाले जवाफी कर नीतिको घोषणा गरेको हो ।क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा जवाफी कारबाही स्वरुप २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई व्यापार युद्ध भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि नीतिले रोजगारी प्रवर्द्धन गर्ने विश्वास लिइएको छ तर आलोचकहरुले यसले महँगी बढ्ने र अमेरिकी उपभोक्तासमेतलाई असर पर्ने टिप्पणी गरिरहेका छन् ।

काठमाडौंमा विहानैदेखि मापसे र लापसे चेकिङ , २७ सय प्रहरी परिचालन

फागुन २९ बिहिबार ।
होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता मापसे भन्दा लागु औषध सेवनकर्ता लापसेबाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ ।

उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने होल्ड गरिने भएको छ ।‘ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।

ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।काठमाडौं । ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

यसैबीच, काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।ट्राफिक प्रहरी तथा सादा पोशाक, जनपद र अनुगमन टोली गरी कुल दुई हजार ७०६ जना परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

समाजमा नयाँ जागरण ल्याउन हुलाकी मार्ग केन्द्रित अभियान, प्रचण्ड

 

२०८१,११,२८

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा नयाँ जागरण ल्याउनका लागि हुलाकीमार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका–६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले हुलाकीमार्गका नागरिकहरु पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा पछि परेको उल्लेख गर्दै नयाँ जागरणका लागि माओवादी केन्द्र हुलाकीमार्ग केन्द्रित अभियानमा रहेको बताएका छन।

पूर्वाधार विकास आयोजनाअन्तर्गत रु ८८ लाखमा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटीको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुँदैछ। पार्क निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्नेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरेका हुुन।

यहाँस्थित रामजानकी कुटी बौद्धकालीन समयमा निर्माण भएको वडाध्यक्ष शिवकुमार धवलले बताए। उनले तालको गुरुयोजना निर्माण गरी सोहीअनुरुप काम गरिरहेको बताएका छन।

त्यसअवसरमा अध्यक्ष दाहालसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वकृषिमन्त्री चक्रपाणि खनाल लगायत माओवादीका नेताको उपस्थिति थियो।