समाचार | Page 8 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

म्याग्दीमा महावीर पुनकाे अग्रता

काठमाडाैं । म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार २८१३ मत गणना भएको छ। त्यसमध्ये २६२६ मत सदर र १८७ मत बदर भएको छ।

अग्रता लिएका महावीर पुनले १०६६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले ६१२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७२ मत प्राप्त गरेका छन्।

मुस्ताङमा कांग्रेसका याेगेश गाैचन थकाली विजयी

काठमाडाैं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार याेगेश गाैचन थकाली विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र भएकाे मुस्ताङमा थकालीले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टलाई पछि पार्दै विजयी भएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार थकालीले तीन हजार तीन सय सात मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका विष्टले एक हजार ८ सय ६ भाेट प्राप्प गरेका छन् ।

 

वैकल्पिक राजनीति मूलधारको परिवर्तनकारी शक्तिमा रूपान्तरण भयाे : समीक्षा बास्काेटा

काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।  उहाँको जितसँगै रास्वपाकी नेतृ समीक्षा बाँस्कोटाले वैकल्पिक राजनीति औपचारिक रूपमै मूलधारको परिवर्तनकारी शक्तिमा रूपान्तरण भएको बताउनुभएको हो ।

मतगणनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ बाँस्कोटाले १० वर्ष लामो वैकल्पिक राजनीतिको अभियानले आज सार्थकता पाएको बताउनुभयो । काठमाडौं–१ मा रास्वपाको ‘घण्टी’ चुनाव चिन्हमा १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै रञ्जु न्यौपाने विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस (रुख) ले ६ हजार ३ सय ६४ मत प्राप्त गरेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले ३ हजार ९ सय ६२ र नेकपा एमाले (सूर्य) ले १ हजार ६१८ मत प्राप्त गरेका छन् ।

नेतृ बाँस्कोटाले २०७४ सालमा वैकल्पिक राजनीतिको बीउ रोप्ने व्यक्तिले नै आज विजय प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो।

रास्वपाले खाता खाेल्याे, काठमाडाैं-१ बाट रञ्जु दर्शना विजयी

काठमाडाैं ।  काठमाडाैं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले विजय हासिल गरेकी छन् । उनले १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घाेषणा हुन भने बाँकी छ ।

दर्शनाका निकटत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।

यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएर तेस्राे स्थानमा छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा निर्वाचन : यी हुन् एमालेले अग्रता कायम गरेकाे पाँच स्थान

काठमाडाैं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म ६२ निर्वाचन क्षेत्रको मतगणना सुरू भएको छ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेस र नेकपा एमालेल ५–५ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्। नेकपा एमालेका भानुभक्त ढकालले तेह्रथुम – १ बाट २ हजार ४८० मतसहित अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसका सन्तोष सुब्बाले २ हजार ३१७ मत सहित पछ्याइरहेका छन्। रास्वपाका सुरेन्द्र कार्की १ हजार ९ सय ७१ मतसहित तेस्रो स्थानमा छन्।

चितवन १ मा नेकपा एमालेका दावा दोर्जे लामा अगाडि छन्। उनले हालसम्म ३९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटी ३३२ र रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन्।

मुस्ताङ १ मा नेकपा एमालेका इन्द्र धारा डादु विष्टले अग्रता लिइरहेका छन्। उनले हालसम्म २ हजार ५५७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ३२३ मत सहित पछ्याइरहेका छन्। अघिल्लो निर्वाचनमा योगेश मुस्ताङबाट विजयी भएका थिए।

रूपन्देही ४ मा पनि नेकपा एमालेका प्रमोदकुमार यादवले अग्रता लिएका छन्। उनले ३ हजार ९११ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका आशुतोष मिश्रले ३ हजार १ सय ७२ मत सहित पछ्याइरहेका छन्।

बाँके २ मा पनि नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता लिइरहेका छन्। उनले हालसम्म ४ हजार ९२७ मत पाएका छन्। नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ३ हजार ९८४ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने, महिला नेतृत्वका अनुभव साटासाट गरिने

काठमाडाैं । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले महिला नेतृत्वका अनुभव, सिकाई र सङ्घर्षका विषयमा महिला विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।  महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो ।

फागुन २४ गते राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा ‘महिला बालबालिकाका लागि अधिकार न्याय र कार्यसहितको अवसर’ तय भएको छ । यसै सन्दर्भमा महानगरले ‘पावर इन एक्सनः हर टाइम इज नाउ’ शिर्षकमा कार्यक्रम गर्न लागेको प्रवक्ता मानन्धरले बताउनु भयो । कार्यक्रमको उद्घाटन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ ।

कार्यक्रममा प्रशासन, कानून, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन र हक अधिकारका क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूले आफ्ना अनुभव सुनाउने उहाँले बताउनु भयो । राज्य प्रणालीको उपल्लो ओहोदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका अनुभवहरू कार्यक्रममा समेटिने उहाँको भनाइ छ ।

कार्यक्रममा ‘एक वडा एक नमूना उद्यम’ कार्यक्रम अन्तर्गतका पौरखी महिलाहरूको प्रतिनिधित्वमूलक जीवन्त कला प्रदर्शनी गरिनेछ । नेपालको महिला आन्दोलन तथा अधिकारका सङ्घर्षका उदाहरणीय महिला नेतृत्वहरूका विषयमा विवरण प्रदर्शन गरिनुका साथै क्युआर कोडमा आधारित प्रश्नावलीमार्फत सहभागीहरूबाट पृष्ठपोषण समेत सङ्कलन गरिने महानगरले जनाएको छ ।

लैङ्गिक समानता र न्यायका लागि ६ वटा कानून
पत्रकार सम्मेलनमा प्रवक्ता मानन्धरले लैङ्गिकमैत्री शहरी व्यवस्थापन र हिंसा न्युनिकरणका लागि महानगरले हालसम्म ६ वटा स्थानीय कानून तर्जुमा गरी राजपत्रमा प्रकाशन गरिसकेको जानकारी दिनुभयो । जसमा विवाद निरूपण कार्यविधि २०७५, मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९ र कानुन सहायता कार्यविधि २०८० रहेका छन् ।
यी कानून कार्यान्वयन गर्न न्यायिक समिति, वडा महिला सञ्जाल, मेलमिलाप कक्ष लगायतका संयन्त्र निर्माण गरिएका छन् । सबै वडामा मेलमिलाप कक्ष र महिला सञ्जाल गठन गरी केन्द्र र वडास्तरमा न्यायिक सहजकर्ता तथा विज्ञ कानून व्यवसायीमार्फत निःशुल्क कानूनी सहायता प्रदान गरिँदै आएको प्रवक्ता मानन्धरले बताउनुभयाे।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रमबाट प्राप्त हुने सुझावले महानगरपालिकाको आगामी नीति, योजना तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताउनु भयो । उहाँले सबैलाई कार्यक्रममा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।

डंगोलले महिला भएकै कारण नेतृत्वमा भेदभाव र दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै हिंसा मुक्त र समतामूलक समाज निर्माण गर्न कार्यक्रम फलदायी हुने महानगरपालिकाको अपेक्षा रहेको बताउनुभयो ।

सर्लाही-४ मा मतगणना शुरू

सर्लाही । सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार शुक्रबार बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो ।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना सुरु भएको हो । सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ म्त खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

चितवन-३ मा साेबिता गाैतमकाे अग्रता, रेनु दाहाल पछ्याउँदै

काठमाडाैं । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्। सात हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६९३ मत पाएकी छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन् भने एमालेका शंकर थपलियाले ७४१ मत ल्याएका छन्।

देशभर मतगणना जारी : रास्वपा अग्रस्थानमा, एमाले र कांग्रेस पछ्याउँदै

काठमाडाैं । प्रतिनिधिसभा चुनावअन्तर्गत मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता लिएको छ ।
झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर भन्दा बढी मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत पाउनु भएको छ । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङ हुनुहुन्छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमै रास्वपाका उमेदवारले अग्रता लिएका छन् । काठमाडौं–१ मा रञ्जु दर्शना, २ मा सुनील केसी, ३ मा राजुनाथ पाण्डे र ४ मा पुकार बमले सुरवाती अग्रता लिनु भएको छ ।

त्यस्तै काठमाडौ ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त महर्जन, ९ मा डीपी अर्याल र १० मा प्रदीप विष्ट अगाडि हुनुहुन्छ । रास्वपाले झापा २,मोरङ ४ र ५, धनुषा ३,महोत्तरी १, रौतहट ४, बारा १ र ३, ललितपुर ३,भक्तपुर १ र २ , चितवन २ र चितवन ३ ,तनहुँ १, स्याङ्जा १, कास्की १ , २ र ३, पाल्पा १, रुपन्देही २, ३ र ५ ,दाङ १
बाँके १ र ३ तथा कञ्चनपुर २, ३ स्थानमा अग्रता लिएको छ ।

नेपाली कांग्रसले ललितपुर १,मुस्ताङ १ र कपिलवस्तु ३मा तथा नेकपा एमालेले तेह्रथुम १, रुपन्देही ४ र बाँके २ मा सुरुवाती अग्रता लिएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी रुकुम पूर्व १ र कालीकोट १ मा अगाडि छ ।

काठमाडाैंका दशवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे अग्रता, रञ्जु र विराजभक्त विजय उन्मुख

काठमाडाैं । काठमाडौंका दश वटै निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्। गए रातिबाट सुरू भएको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा काठमाडौंमा अभूतपूर्व लहर देखिएको हो।

काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले अग्रता लिइरहेकी छिन्। उनी विजय उन्मुख देखिन्छिन्।

नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीभन्दा रञ्जु दर्शना झण्डै दोब्बर मतले अगाडी छन्। रञ्जु दर्शनाले १० हजार ५ सय ८१ मत प्राप्त गर्दा क्षेत्रीले ४ हजार ७ सय ३३ मत मात्र प्राप्त गरेका छन्।

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले अग्रता लिइरहेका छन्। तर उनको अग्रता भने झिनो छ। केसीले ४ सय २४ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयालले २ सय ३६ मत सहित पछ्याइरहेका छन्।

काठमाडौं ३ मा पनि रास्वपाका राजुनाथ पाण्डेले अग्रता लिइरहेका छन्। पाण्डेले ४ हजार ६ सय ४९ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३ हजार ३ सय ४१ मतका साथ पछ्याइरहेका छन्।

काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले पछ्याइरहेका छन्। बमले ३ हजार ९ सय २२ मत प्राप्त गर्दा तिमिल्सेनाले १ हजार ९५ मत ल्याएका छन्।

काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले अग्रता लिएका छन्। उनले ३ हजार ७ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत ल्याएका छन्।

काठमाडौं ६ मा पनि रास्वपाका शिशिर खनाल राम्रो मतान्तरले अगाडी छन्। उनले ४ हजार ६ सय ५४ मत प्राप्त गर्दा अन्य दलका उम्मेदवारले १ हजार मत पनि पुर्‍याउन सकेका छैनन्। एमालेका अमनकुमार मास्के र नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्री निकै तल छन्।

काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले पनि फराकिलो अग्रता लिएका छन्। पराजुलीले ४ हजार ६ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले हजार मत पनि प्राप्त गरेका छैनन्।

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजय उन्मुख छन्। उनले ७ हजार ६ सय १७ मत प्राप्त गर्दा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका उम्मेदवारको एक हजार मत कटेको छैन।

काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका डिपी अर्यालले १ हजार ५ सय ५२ मतका साथ अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका नानु बास्तोलाले २ सय ६१ मत र नेकपा एमालेका अजयक्रान्ति शाक्यले १ सय ५२ मत प्राप्त गरेका छन्।

काठमाडौं १० मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। उनले ५ हजार ७ सय ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन्।

चितवन २ मा रास्वपाकी साेविता गाैतमलाई पछ्याउँदै रेनु दाहाल

काठमाडाैं । चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।

माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले पछ्याउनु भएको छ । नेकपाकी दाहालले ६७९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा (एमाले) का शंकरराज थपलियाले २०२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ११९ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका दिपक थापाले २२ मत प्राप्त गर्नु भएको छ ।

काठमाडाैं ७ र १० मा रास्वपाकाे अग्रता, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौं। काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, काठमाडौँ–१० मा सोही पार्टीका प्रदीप विष्टले पाँच हजार ७६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गर्नुभएको छ ।

धादिङ १ मा आशिका तामाङकाे अग्रता

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत एकराज अधिकारी का अनुसार गल्छी गाउँपालिका वडा नम्बर ५ का तीन मतदान केन्द्रको मतपेटिका खोलेर प्रारम्भिक मतगणना सम्पन्न गरिएको छ ।

तीन मतदान केन्द्रमा जम्मा दुई हजार ७१२ मतदाता रहेकामा एक हजार ४७६ मत खसेको थियो । खसेको मतमध्ये ११२ मत बदर भएको छ भने एक हजार ३६४ मत सदर भएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो ।

प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले ५५४ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले १०४ मत पाउनुभएको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार अन्य मतदान केन्द्रका मतपेटिका सर्टिङ गर्ने काम भइरहेको छ र छिट्टै थप मतगणना सुरु गरिनेछ ।

रूकुमपूर्वमा नेकपाका प्रचण्डकाे अग्रता

रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) ले अग्रता लिनुभएको छ। भूमे गाउँपालिका– १, २, ३ र ४ को मत परिणाम आएको छ । जसमा दुई हजार ६ सय ३५ मतगणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका प्रचण्डले एक हजार ४ सय १५ मत लिनुभएको जिल्ला निर्वाचन अधिकारीकाे भनाइ छ ।

यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले चार सय १७ मत, नेकपा एमालेका लीलामणि गौतमले ४ सय ३१ मत, रास्वपाका लखन थापाले एक सय ७६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, राप्रपाका रोशन शाहले ७ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ६ मत, प्रलोपाका सन्दिप पुनले ३५ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ६ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले १० मत र जसपाका सिरबहादुर बुढाले १ मत लिनुभएको छ ।

हाल सम्म मतगणना भएको मध्ये बदर मत ८६ रहेको छ । जिल्लामा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो ।

आशंका गर्नेहरू नै अहिले सरकारको पक्षमा, निर्वाचनले संवैधानिक प्रणालीलाई पूर्णता दिने गृहमन्त्रीको दाबी

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताउनुभएको छ । सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको बताउँदै उहाँले शंका गर्नेहरूसँगै निरन्तर संवादमा रहेर उनीहरूलाई विश्वासमा लिन सरकार सफल भएको दाबी गर्नुभएको हो।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको बताउनुभयो । देशले ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री अर्यालले देशलाई त्यो दुष्चक्रबाट रोक्न र स्थितिलाई सामान्यीकरण गर्न सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य हो भन्ने चाहना रहेको र सरकार त्यसमा सफल भएको बताउनुभयो ।

निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।

झापा-५ काे प्रारम्भिक मतपरिणाम : एमालेका ओलीभन्दा रास्वपाका बालेन एक हजार ९२ मतले अगाडि

दमक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । देशभर चासोका साथ हेरिएको यस क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह एक हजार चार सय ७६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्नुभएको छ । हालसम्म कुल दुई हजार तीन सय तीन मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार शाहले ओलीलाई एक हजार ९२ मतलेपछि पार्दै अग्रता कायम गर्नुभएको छ । कडा सुरक्षाबिच निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ५ दमकमा मतगणना भइरहेको छ ।