काठमाण्डौँ, २५ भदौ । २ नम्बर प्रदेशमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो दल बन्ने बरिष्ठ नेता माधव कुमार नेपालले दाबी गरेका छन् ।
आइतबार बिहान महोत्तरीमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले एमाले मधेस विरोधी नभएको प्रष्ट पार्दै मधेसमा एमालेलाई निषेश गर्न अहिलेसम्म कोही पनि नजन्मिएको बताए। उनले भने,“कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । मधेशको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ।”
कार्यक्रममा बोल्दै नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए।
त्यस्तै उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै उनले भने,“पार्टीलाई निमन्त्रणा आएको होईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।” आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको जिकिर गरे ।
This website uses cookies.