राजनीति

घरघरमा जमरा राखेर घटस्थापना गरिँदै, नेपालीहरूको महान् चाड बडादशैँ शुरु

काठमाडौँ ।

नेपालीहरूको महान चाड बडादशैँको पहिलो दिन आज आश्विन शुक्ल प्रतिपदाका अवसरमा देशभर परम्परागत विधिअनुसार घटस्थापना गरिँदैछ । आज बिहानै आत्मशुद्धि गरी शुभ साइतमा घरघरमा दियो, कलश र गणेश स्थापना गरेर जौ, मकै तथा गहुँ छरेर जमरा राख्ने धार्मिक अनुष्ठान सम्पन्न भएसँगै यस वर्षको नवरात्र औपचारिक रूपमा आरम्भ भएको हो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादशैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यस दिन नदी वा चोखो ठाउँबाट ल्याइएको शुद्ध बालुवा वा माटोमा वैदिक विधिपूर्वक जौ, मकै र गहुँ छरेर जमरा राख्ने चलन छ । नवरात्रभर पूजाकोठा वा दसैँघरमा देवी दुर्गाका नौ रूप–शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।

Related Post
Share

This website uses cookies.