देश/समाज

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’

काठमाडौँ ।

२० औं एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ । टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिष्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन् र नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरको तिब्र प्रतिष्पर्धासँग जुध्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

खेलाडी तिलक पुन मगरले व्यक्तिगत स्पर्धामा आफ्नो प्रदर्शनमा सुधार आएपनि अन्तिम नतिजा सोचेजस्तो नभएको बताउनु भयो । अर्का खेलाडी ज्ञानु अवालेकाअनुसार प्रतिकूल मौसम र अनुभवको कमी नै टोलीको मुख्य कमजोरी रह्यो ।अवालेकाअनुसार अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्न खेलाडीहरूलाई नियमित विदेशी एक्सपोजर र विशेष तालिमको तत्काल खाँचो छ ।

Related Post
Share

This website uses cookies.