अन्य

सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रैः प्रमुख सचेतक दुलाल

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सिमित भएको टिप्पणी गर्नुभएको छ । मंगलवार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप लगाउनुभएको हो । प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदम भनी आलोचना गर्नुभयो । उहाँले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाइको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न गर्नुभयो । आफ्नो दलमाथि लाग्ने आरोपको खण्डन गर्दै उहाँले आफूहरु सुशासनको लडाइँ लडिरहेको बताउनु भयो ।

Related Post
Share

This website uses cookies.