राजनीति

अमेरिका–इरान तनावः कुटनीतिक संवादमार्फत समाधान हुनेमा पाकिस्तान आशावादी

पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको तनावका बावजुद कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनेमा आशा व्यक्त गरेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दुई देशबीचको विवाद समाधानका लागि पाकिस्तानले संवाद र कुटनीतिलाई निरन्तरता दिने बताएका हुन् ।
‘पाकिस्तान अझै पनि आशावादी छ र वार्ता एवं कूटनीतिका लागि आफ्नो प्रयास जारी राख्नेछ ।’ प्रवक्ता अन्ड्राबीले भने । उनले रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ को विषयमा पाकिस्तानले आफ्नो सक्रियता कायम राख्ने बताउँदै दुवै पक्ष पुनः वार्ताको टेबुलमा फर्कने विश्वास व्यक्त गरे । प्रवक्ता अन्ड्राबीकाअनुसार यदि दुवै पक्ष संवादका लागि तयार भएमा शान्ति पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न इस्लामावादमा एउटा कार्यढाँचा समेत तयार अवस्थामा रहेको छ । उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिए ।

Related Post
Share

This website uses cookies.