२०८१,९,९
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउने भएका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आउन लागेका हुन्।बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन्। यसैगरी सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान ११ बजे बगानासकाली आइपुग्ने छन्। करिब एक घण्टामा यहाँको कार्यक्रम सकेर उनी तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्न जानेछन्। लगत्तै सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए। प्रधानमन्त्री ओली तीन घण्टा पाल्पामा रहनेछन्। त्यसपछि बुटवलस्थित जितगढीमा बुटवल(गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री एकै दिन तीन(चार वटा कार्यक्रममा सहभागी हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाउने तयारी थालिएको छ।
This website uses cookies.