अर्थ ⁄ वाणिज्य

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढेको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १ सय ८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएको समेत नेपाल आयल निगमले जनाएको छ ।

आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

Related Post
Share

This website uses cookies.