मनोरञ्जन

वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिलालाई कोरोना

काठमाडौं, २० असोज । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्यलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले सामान्य लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।

आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभएको छ । उहाँले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गर्न आग्रह पनि गर्नुभएको छ ।

Related Post
Share

This website uses cookies.