देश/समाज

कपिलवस्तुमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु

कपिलवस्तु, १७ भदौ । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ रामनगरकी ७० वर्षिया महिलाको बुधबार बिहान सवा ९ बजे मृत्यु भएको हो ।

मृतक महिला लामो समयदेखि उच्च रक्तचापकी बिरामी थिईन । उपचारकै क्रममा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

योसँगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुने संख्या चार पुगेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला रहेका छन् । कपिलवस्तु नगरपालिकामा २, मायादेबी गाउपालिकामा र कृष्णनगर नगरपालिकामा १-१ जनाको मृत्यु भएको छ ।

Related Post
Share

This website uses cookies.