राजनीति

गंगासागरमा रवि लामिछाने पत्नी निकिताद्वारा उदाउँदो सूर्यलाई अर्घ्य

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागरमा छठ पूजा गर्नुभएको छ ।
छठ पर्वको अन्तिम दिन सोमवार बिहान गंगासागर घाट पुगेर पौडेलले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको हो । उहाँले विधिपूर्वक सूर्यदेवको पूजा आराधना गर्दै छठी मातासँग सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभयो । छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा गंगासागरमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । व्रतालुहरू पूजाका सामग्रीसहित घाटमा उपस्थित भई सूर्यको पहिलो किरणसँगै अघ्र्य अर्पण गरेका थिए । मिथिलाञ्चलको प्रसिद्ध धार्मिक स्थल गंगासागरमा छठ पर्वको विशेष रौनक देखिएको थियो । उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै यस वर्षको चारदिने छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।

Related Post
Share

This website uses cookies.