आगामी निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ : संयोजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

आगामी निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ : संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताउनुभएको छ । वाईसीएल नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पार्टी कमिटिहरूमा समेत युवाको सहभागीता उल्लेख्य बनाउने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाउनुभयो । वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले युवा पुस्ताका माग र आफूहरुको मागमा धेरै समानता देखिएको बताउनुभयो । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उहाँको भनाइ छ ।

Leave a Reply