किसानहरु मर्कामा,मेहनत गरेर फलाएको मकै नष्ट किसान चिन्तित

काठमाडौँ, २२ असोज। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका बिभिन्न गाउँबस्तीहरुमा जंगली जनाबर बँदेलले मकैबारी सखाप पार्दा किसानहरु मर्कामा परेका छन् । अमरगढी नगरपालिका वडा नं. ६ को दुमडामा किसानले लगाएको करिब एकसय रोपनीको मकै वाली बँदेलको जत्था आएर एकै रातमा सखाप पारे पछि यो वर्ष के खाने भन्ने चिन्ताले किसानहरुलाई सताएको छ ।

आफुले लगाएको मकैवारी जंगली बंदेलले नष्ट गरिदिँदा डडेल्धुराका कृषकहरु चिन्तित भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ को दुमडामा किसानहरुले करिव एकसय रोपनीमा लगाएको मकैवालीलाई बंदेलले सखाप गरिदिए पछि किसानहरु चिन्तित भएका हुन् । वर्षे मौसमको प्रमुख वालीको रुपमा रहेको मकै मानिस र गाईबस्तुका लागि पनि खाद्यबस्तुको रुपमा रहेको हुनछ । तीन महिनासम्म पर्खेर अन्तमा फलेको मकै बँदेलले नष्ट गरिदिएको हो । गाउँभरिको करिब १ सय ५० परिवारको मकैबारी नष्ट गरिदिएको स्थानीय कृषक हरिप्रसाद भट्टले बताउनु भयो ।

बिगत केही वर्ष यता जंगली जनावरको आतंकसँगै बालीनाली क्षति भइहेको छ सरकारले न्यूनतम क्षति पूर्ति दिए पनि समस्या समाधान नभएको भन्दै सरोकारवाला निकायको ध्यनाकर्षण गराएका छन् । तर अमरगढी नगरपालिका–६ ले भने किसानहरुको वालीनाली क्षतिको अनुगमन गरेर जिल्ला डिभिजन बन कार्यलयलाई सिफारीस गरिसकेको बताएको छ ।

दिउँसो ओढारमा लुक्ने र साँझपख गाउँमा आएर किसानको जीविकोपार्जन गर्ने बिभिन्न बालीहरु खाई ,लाखौं बराबरको वालीनाली नष्ट गरिदिए पछि दमडा लगायत जिल्लाका बिभिन्न स्थानका कृषकहरु खेतीपाती छोड्ने कि बिकल्प रोज्ने भन्ने गम्भीर संकटमा परेका छन् ।

Related Post
Share

This website uses cookies.