इलाममा पनि विश्व युवा दिवस मनाइयो

इलाम, २७ साउन । ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मुल नाराका साथ सोमबार इलाममा पनि विश्व युवा दिवस मनाइएको छ । जिल्ला युवा समिति इलामको अगुवाइमा भएको कार्यक्रममा प्रभातफेरी, कोण सभा तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरेर यो दिवश मनाइएको हो ।

इलाम जिल्लास्थित युवा सम्बद्ध सरकारी कार्यालय, राजनीतिक दल, संघसंगठनहरु, गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा इलाम सदरमुकाममा कार्यक्रम भएको हो।

बिहान रत्नचोकको ठूलो टुँडिखेलबाट शुरु भएको प्रभातफेरीले इलाम वजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा युवा, विद्यार्थी, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

इलाम चोक वजारमा भएको कोण सभालाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले युवा समृद्ध भए मात्र घर, समाज समृद्ध र बलियो हुने बताउनु भयो । कार्यक्रममा जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर लगायतले सम्बोधन गर्नुभएको थियो । अगष्ट १२ मा यो दिवश नेपाल सहित विश्वभर मनाइन्छ ।

Related Post
Share

This website uses cookies.