सरकारले गुठी विधेयक फिर्ता लिए पनि माइतीघरमा खबरदारी सभा

काठमाडौं, ४ असार । सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि आज राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएका छन् ।राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पदमा अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गर्नुभएको थियो । तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले गुठी बिधेयक फिर्ता नभइ खारेज नै गर्नुपर्ने माग राखेका छन । गुठी पक्षधरहरुको प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

Related Post
Share

This website uses cookies.