शौरभ यादव
सप्तरी, ११ पुस । सप्तरीमा सामाजिक कुरितीको रुपमा जरो गाडेको दाईजो प्रथा अन्त्यका लागि १० दिने अभियान सुरु भएको छ । अभियानमा दाइजोकै कारण सबैभन्दा धेरै समस्यामा रहेको मुस्लिम समुदायले अगुवाई गरिरहेको छ ।
सप्तरीमा इस्लामी संघ नेपालको संयोजनमा दाईजो प्रथा विरुद्धका दश दिने अभियान सुरु भएको छ । मंगलबार अभियानको सुरुवातमा दाइजो प्रथा विरुद्धका नारा लेर्खिएका प्लेकार्ड बोकेर राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको र्यलीले नगर क्षेत्र परिक्रमा गरी कोणसभा गरेको थियो ।
सर्वसाधारणमा दाइजो विरुद्घ चेतना विस्तारको लक्ष्यसहित १० दिने अभियान थालिएको इस्लामी संघ नेपाल सप्तरीले जनाएको छ । इस्लामी संघ नेपाल सप्तरीका अध्यक्ष मुजामा कलिमुज्जा खाँले दाईजो प्रथालाई निरुत्साहित गर्ने मुख्य उदेश्यका साथ सुरु गरिएको अभियान जिल्लाका १८ वटै स्थानीय तहमा पुर्याउने बताएका छन् ।
दाइजो प्रथाले छोरीको पढाइ र कतिपयको जीवन नै बर्बाद गर्न थालेपछि यसलाई निरुत्साहित गर्न थालिएको र १० दिने अभियानले मदत पुग्ने प्रदेश–२ का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मो. युसुफको भनाई छ ।
हातहातमा दाईजो तथा अन्य सामाजिक बिकृति विरुद्धका नारा अंकित प्लेकार्ड बोकेर सहभागी भएकाहरुले दाईजोका कारण आएका विकृति र त्यसको अन्त्यका लागि सबैको सहभागिता आवश्यक भएको बताएका थिए ।
देशैभर दाइजो प्रथा रहेपनि तराई मधेशका जिल्लामा यसले विकृत रुप धारण गरेको छ । दइजो प्रथाकै कारण घरपरिवारमा समस्या पर्ने मात्र नभएर छोरी चेलीको ज्यानै जानेसम्मका अवस्थाले पुरुषहरुकै अगुवाइमा अभियान सुरु भएको छ ।
This website uses cookies.