नाडा अटो सो : थन्डरबर्ड ३५० एक्स् र क्लासिक गन मेटल ग्रे ३५० सि.सि. मोडल

काठमाडौं, १ असोज । नाडा अटो शोको अवसरमा आएसर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि अनावरण गरिएको छ ।

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि. ले उक्त बाइक भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा प्रारम्भ भइरहेको नाडा अटो शोमा हिजो सार्वजनिक गरेको हो, उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल , टिउबलेस टायर , अलोह्वील , ह्यान्डलबार , का साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ भने, क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल , डबल डिक्स , ब्राउन सिट कभर बिशेषता रहेको छ ।

अनावरण लगतै सोहि रोयल इन्डफिल्ड ब्राण्डको थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि बाईकको बिक्रि बितरण सुरु भएको जानकारी गराउदछौँ ।

Related Post
Share

This website uses cookies.