काठमाडौँ ।नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पती अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दुतावासले जनाएको छ । नेपालस्थित अमेरिकी दुतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दुतावासको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा अमेरिकी कम्पनीहरूले सकारात्मक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र व्यवसाय विस्तारका नयाँ अवसर पाउने वातावरण बनाउन चाहेको बताउनु भयो । अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उल्लेख गर्नुभयो ।
नेपालमा थप अमेरिकी कम्पनीले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउनसके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उहाँको भनाइ छ । उहाँले नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको उल्लेख गर्दै यस अवसरको सदुपयोग गर्न अमेरिकी दुतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने बताउनु भयो । कार्यक्रममा उहाँले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । बाढीबाट प्रभावित परिवारसँगै बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताउनु भयो ।
उहाँले नेपालमा आर्थिक समृद्धि र दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पु¥याउने व्यवसायी तथा व्यक्तिहरूलाई सम्मान गर्दै पुरस्कार प्राप्त गर्ने सबैलाई बधाईसमेत दिनुभयो । निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्धलाई नजिक बनाउन महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि व्यापारिक सम्बन्ध विस्तार र साझा समृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नु
This website uses cookies.