विश्व

चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह प्रक्षेपण

चीनले नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले बिहीवार लङ मार्च–२डी वाहक रकेटमार्फत याओगान–४९ ०१ भू–उपग्रह समूह अन्तरिक्षमा पठाएको हो । चिनियाँ समयअनुसार बिहीवार साँझ ५ बजेर ३८ मिनेटमा दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित सिछाङ भू–उपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि भू–उपग्रहहरू निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । यी भू–उपग्रहहरू मुख्यतः वैज्ञानिक प्रयोग, भूमि तथा प्राकृतिक स्रोतको सर्वेक्षण, कृषि उत्पादनको अनुमान तथा विपद् रोकथाम र न्युनिकरणका क्षेत्रमा प्रयोग गरिनेछन् । यो लङ मार्च श्रृङ्खलाका रकेटको ६८१ औँ उडान अभियान भएको जनाइएको छ ।

Related Post
Share

This website uses cookies.