चीनको झाङ्झाउ आणविक ऊर्जा केन्द्रको चौथो युनिटमा तीनवटा स्टीम जेनेरेटर जडान गरिएको छ । आणविक ऊर्जा केन्द्रका महत्त्वपूर्ण उपकरण मानिने यी जेनेरेटरलाई केन्द्रका ‘तीन फोक्सो’का रूपमा समेत चिनिन्छ । स्टीम जेनेरेटरले आणविक रिएक्टरको कोरबाट उत्पन्न हुने अवशिष्ट ताप हटाउने तथा रेडियोधर्मितालाई नियन्त्रणमा राख्ने प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्छन् । आणविक ऊर्जा केन्द्रको सुरक्षित सञ्चालनका लागि यी उपकरणलाई महत्त्वपूर्ण मानिन्छ । चौथो युनिटमा जडान गरिएका जेनेरेटर ‘जेडएच–६५’ मोडेलका हुन् । यो चीनमा पूर्ण रूपमा स्वदेशी बौद्धिक सम्पत्ति अधिकार रहेको दाबी गरिएको तेस्रो पुस्ताको पहिलो आणविक ऊर्जा स्टीम जेनेरेटर हो । झाङ्झाउ आणविक ऊर्जा परियोजनाअन्तर्गत ‘हुआलङ वान’ प्रविधिमा आधारित कुल ६ वटा आणविक रिएक्टर युनिट निर्माण गर्ने लक्ष्य राखिएको छ । पछिल्लो जडानले परियोजनाको चौथो युनिट निर्माण प्रक्रियामा थप प्रगति भएको संकेत गरेको छ ।
This website uses cookies.