काठमाडौँ ।
निर्वाचन आयोगले आज ५ वटा राजनीतिक दलहरुसँग छलफल गर्दैछ । बिहान ११ बजे आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीसँग छलफल गर्न लागेको हो । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल हुने बताइएको छ । २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । स्थानीय तहको नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा आयोगले सक्रियता बढाउँदै लगेको छ ।
This website uses cookies.