काठमाडौँ ।
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्पठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गर्नुभएको छ । शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको हो । शर्माले आफू मन्त्रीसमेत नभएको बताउनुभएको प्रसंग उल्लेख गर्दै बस्नेतले शर्माको एनजिओसँगको आवद्धताबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनु भयो । बस्नेतले काँग्रेस सभापति गगन थापा स्वास्थ्यमन्त्री हुँदा भएका भनिएका आर्थिक अनियमितता र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएका विषयसमेत उठान गर्नुभयो । उहाँले पार्टीभित्र आर्थिक चलखेल र विचौलियाको प्रभाव बढेको आरोप लगाउँदै व्यवसायीको आडमा काँग्रेस कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनु भयो । उहाँले विनोद चौधरी र उमेश श्रेष्ठलगायत व्यवसायीलाई पेशा व्यवसाय गर्न स्वागत गर्दै त्यसकै नाममा पार्टी, अदालत र निर्वाचन आयोग कब्जा गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
This website uses cookies.