काठमाडौँ ।
सुदूरपश्चिम रोयल्सका बलर हेमन्त धामीले सामान्य लक्ष्य भएपनि बिना दबाब रक्षा गर्ने आत्मविश्वासमा आफ्नो टोली हुने बताएका छन् । काठमाण्डु गोर्खाजमाथि जितपछि सुदूरपश्चिमका बलर हेमन्तले सामान्य लक्ष्य दिए पनि बलिङ युनिट राम्रो भएकाले बिना दबाबमा खेल्न सक्ने बताएका हुन् । सुदूपश्चिमले लगातार दोस्रो खेलमा सामान्य लक्ष्य रक्षा गरेको थियो । जनकपुर बोल्ट्ससँग १२० रन र काठमान्डुसँग १२६ रनको लक्ष्य सुदूरपश्चिमले लगातार रक्षा ग¥यो । सुदूरपश्चिमका बलर हेमन्तले आफ्नो टोलीको बलिङ राम्रो रहेकाले यी लक्ष्य रक्षा गर्ने आत्मविश्वास रहेको उल्लेख गरे । ब्याटरका लागि पिच त्यति सहज नभएको र त्यसले गर्दा पावरप्लेमा रन बटुल्न सहज नभएको उनी बताउँछन् । डेथ ओभरमा धेरै गति नदिने र ब्याटरको मुभमेन्ट अनुरूप बलिङ गर्ने रणनीति लिएको उनले उल्लेख गरे । हेमन्तले एनपिएलकै सफल बलर स्कट कुग्गेलिनले कुन अवस्थामा कसरी बलिङ गर्ने भन्ने बारे आफूलाई सिकाउने गरेको पनि बताएका छन् । बलिङमा आफूलाई साथ मिलेको अवस्थामा डेथ ओभरमा बलिङ गर्न विश्वास पनि मिलेको उनी बताउँछन् ।
काठमाण्डु गोर्खाजको गणेश गौतमले पावरप्लेमा राम्रो पावरप्लेमा राम्रो नै सुरुआत भए पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए । बलिङमा पनि पावरप्लेमा राम्रो गरेको उनी बताउँछन् । पिचले स्पिनरलाई मद्दत गरेको तर क्याच छाड्दा खेलमा समस्या पनि भएको गौतमले बताए । आफ्ना लागि पहिलो खेलमा केही दबाब महशुस भएको उनी बताउँछन् । तर यो खेलमा विश्वासका साथ बलिङ गरेको उनी बताउँछन् । गणेशले आफू ट्यालेन्ट हन्टबाट आएको र नियमित घरेलु क्रिकेटमा व्यस्त रहेको उल्लेख गरे । डेविड वार्नर टिममा हुँदा टोलीको आत्मविश्वास र उत्साह नै निकै राम्रो रहेको उनी बताउँछन् । अहिले पनि त्यही उत्साह टोलीमा रहेको उनले स्पष्ट पारे । आगामी खेलमा जित निकाल्दै लिगको शीर्ष दुई स्थानमा रहने उनको विश्वास छ ।
This website uses cookies.