राजनीति

एनपिएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् । खेल मध्याह्न साढे १२ बजे शुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता अनुभवी विदेशी खेलाडी छन् । अघिल्लो सिजन दोस्रो क्वालिफायरसम्म पुगेको विराटनगर यसपटक उपाधि यात्रालाई थप अघि बढाउने लक्ष्यमा हुनेछ । अघिल्लो सिजन प्लेअफमा पुग्न नसकेको चितवन राइनोज यसपटक सुधारिएको प्रदर्शन गर्ने योजनामा छ । चितवनमा सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडी छन् । विराटनगरलाई रोक्दै प्रतियोगितामा बलियो शुरुवात गर्ने चुनौती चितवनसामु हुनेछ । आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । यी दुई टोलीबीचको खेल अपराह्न साढे ४ बजे शुरु हुनेछ । दुवै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

Related Post
Share

This website uses cookies.