राजनीति

लोप भइरहेको घुमन्ते संस्कृतिलाई पर्यटनसँग जोड्दै युवा व्यवसायी

चीनको सिन्जियाङस्थित झाओसु क्षेत्रमा प्राचीन घुमन्ते परम्पराहरू आधुनिक सांस्कृतिक पर्यटनसँग जोडिँदै नयाँ जीवन पाइरहेका छन् । पशुपालनमा मात्र निर्भर रहेको स्थानीय समुदायले आफ्नो पुख्र्यौली जीवनशैली र सांस्कृतिक वैभवलाई पर्यटकीय आकर्षणका रूपमा विकसित गरेर दिगो आर्थिक अवसर सिर्जना गरिरहेको छ । सिन्जियाङको झाओसुमा रहेको ‘नोम्याड क्लव’ का सञ्चालक नुरमान नुरकरले आफ्नो पुख्र्यौली युर्ट (घुमन्ते पाल) र घोडाको प्रयोगबाट शुरु गरेको यो व्यवसाय अहिले एक उदाहरणीय पर्यटकीय गन्तव्य बनेको छ ।
पहिले केवल पशुपालनमा आधारित रहेको आयस्रोतलाई पर्यटनसँग जोडेर उनले यस क्षेत्रमा नयाँ व्यावसायिक मोडेल खडा गरेका छन् । घोडा सवार प्रशिक्षणका लागि नुरकरले परम्परागत जातीय शैली र आधुनिक पश्चिमा विधिहरूको मिश्रण गरेका छन् । बाल्यकालदेखि नै घोडामा हुर्किएका नुरकरले आफ्नो अनुभवलाई व्यावसायिक प्रशिक्षणको रूप दिएका छन् । गत वर्ष मात्रै उनको क्लबले दुई हजार पर्यटकलाई सेवा प्रदान गरेको थियो ।
नुरकरले यस अवसरलाई व्यक्तिगत लाभमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्रसँग पनि जोडेका छन् । काक्सियाजिया एर शहरमा रहेका २० भन्दा बढी अमूर्त सांस्कृतिक सम्पदाका वाहकहरूसँग सहकार्य गर्दै उनले स्रोत र अवसरहरूको बाँडफाँड गरिरहेका छन् । स्थानीय फार्म स्टेहरूसँगको समन्वयले गर्दा पर्यटकहरूलाई मौलिक सांस्कृतिक अनुभव दिन सहज भएको छ ।
उनकाअनुसार पर्यटकहरू यस क्षेत्रमा आउन रुचाउनुको मुख्य कारण यसको ‘प्रामाणिकता’ हो। यहाँका युर्ट, घाँसे मैदान र स्थानीय खानपान सबै उनीहरूको दैनिक जीवनको हिस्सा हुन्, जसले पर्यटकलाई कृत्रिम होइन, यथार्थपरक अनुभव प्रदान गर्दछ ।

Related Post
Share

This website uses cookies.