देश/समाज

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, रसुवा बाढीपछिको उद्धार तथा पुनःस्थापनाबारे छलफल

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार तथा राहतसँगै क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत भेटमा छलफल भएको बताइएको छ।प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको थियो।भेटमा विपद्का कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत तथा प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रहरू परिचालन भइरहेका छन्।

Related Post
Share

This website uses cookies.