राजनीति

नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक छः सचेतक राई

काठमाडौं ।

नेपाली काँग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक रहेको बताउनुभएको छ ।सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीपीडितहरुको व्यवस्थापन तथा पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताउनु भयो । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले संसद सुचारु गरेर राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्संरचनालगायतका काम निष्पक्ष र प्रभावकारी ढंगले अघि बढाउन उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गर्नुभयो । संसद्मा विपत्तिसँग सम्बन्धित विषय उठ्ने र ती विषयका आधारमा सरकार समाधानतर्फ अघि बढ्नुपर्ने उहाँको भनाई छ ।विपत्ति सरकारको मात्र नभई सबैको साझा समस्या भएकाले त्यसको सामना गर्न सबै राजनीतिक दल र पक्ष एकजुट हुनुपर्ने उहाँको भनाई छ । त्यसका लागि नेतृत्वदायी र समन्वयकारी भूमिका सरकारले नै निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो ।

Related Post
Share

This website uses cookies.