काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । त्यसैगरी उहाँले जेनजी आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरी सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गतेको घटनालाई बेवास्ता गरेको प्रतिवेदन ल्याएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । नेता केसीले सरकारले जेन–जी आन्दोलनको घटनाको छानविनको विषयलाई गम्भिरतपूर्वक लिनुपर्ने पनि बताउनु भयो ।




