उर्जा निर्यातबाट नेपालले आर्थिक र कुटनीतिक लाभ लिन सक्छ : उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

उर्जा निर्यातबाट नेपालले आर्थिक र कुटनीतिक लाभ लिन सक्छ : उपराष्ट्रपति यादव

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त उर्जा बिना विकास सम्भव नरहेको बताउनुभएको छ । २६ औं इप्पान दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । उहाँले उर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव रहेको बताउनुभयो । उहाँले पर्याप्त र सस्तो उर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताउनुभयो । ग्रामिण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भूमिका खेल्नसक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभइ कुटनीतिक सम्बन्ध पनि सफल बनाउने दाबी गर्नुभयो ।

उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई उर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशिल बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल जलविद्युत तथा नवीकरणीय उर्जामा धनी देश भएको उल्लेख गर्नुहुँदै यसको सदुपयोग गरी उर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताउनुभयो ।

Leave a Reply