राजनीति

बेलुुका ८ बजे मन्त्रिपरिषद् बैठक

२०८२,१,३१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। सोमबार बस्नुपर्ने नियमित बैठक भने यो हप्ता बस्न सकेन। बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनसम्मका एजेन्डा रहेको बताइएको छ। सचिव विनोदप्रकाश सिंह र गणेश पाण्डेले अनिवार्य अवकाश पाएपछि रिक्त रहेका सचिवका दुई पदमा बढुवाको तयारी सरकारको छ।

त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैं गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।

 

Related Post
Share

This website uses cookies.