पौष २५ बिहिबार
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन्। प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने,मेरो कुनै पनि विभागीय कर्मचारीहरमथि पूर्वाग्रह छैन ।कसले नियुक्त गर्यो,कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।उनले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए।
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि सरोकारवाला निकायले ध्यानदिनुपर्ने समेत उल्लेख गरे।उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनुपर्नेमा जोड दिए।
This website uses cookies.